पोखरामा जेठ १७ देखि खुल्ला भेन्ट्रान्स भलिबल प्रतियोगिता हुने
पाेखरा | बैशाख ३१, २०८१
पोखरा: पोखरामा जेठ १७ देखि १९ गतेसम्म प्रथम खुल्ला भेट्रान्स (३५ प्लस) भलिबल प्रतियोगिता हुने भएको छ ।
पोखरामा रहेको युुनाईटेड किङ्स क्लबको आयोजनामा जेठ १७ देखि १९ गतेसम्म भेट्रान्स पुरुष भलिबल प्रतियोगिता हुने लागेको हो ।
पोखरा महानगरपालिका–३ नदीपुरस्थित छन्त्याल समाजको भलिबल कोर्टमा हुने प्रथम खुल्ला भेन्ट्रान्स भलिबल प्रतियोगिताको विजेताले ४० हजार, उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने क्लबका सचिव अशोक थापाले जानकारी दिए ।
उनका अनुसार खुल्ला भेन्ट्रान्स पुरुष भलिबल प्रतियोगितामा ३५ वर्ष माथि उमेर समूहले मात्र सहभागिता जनाउन पाउनेछन् ।

पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

